‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ लाई संसदीय समितिमा पठाउने तयारी

  Sampatti News 2024

August 4, 2024

काठमाडौं । सरकारले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाउने तयारी गरेको छ ।

सोमबार बस्नै राष्ट्रियसभा बैठकमा शिक्षा मन्त्री विद्या भट्टराईले यो विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ ।

तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ गत असारमा संघीय संसदमा पेस भएको थियो ।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सोमबार राष्ट्रिय सभामा विधेयक पेस गरेकी थिइन् ।

प्रकाशित मिति:August 4, 2024