त्रिविले गर्यो स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको आह्वान

Nepal Cover
२४ श्रावण २०८१, बिहीबार
image

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८९–०८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो।

वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको हो। साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने म्याद दिइएको छ।

असोजदेखि कक्षा सञ्चालन हुनेछ। २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ भने २०८२ को जेठमा कक्षा समाप्त हुनेछ। अन्तिम परीक्षा २०८२ को असारमा हुनेछ भने २०८२ को असोजमा नतिजा प्रकाशन गरिनेछ।