सिमानामा कडाई गरेर निषेधाज्ञा अन्त्य गर्न २० सांसदको सुझाव

Nepal Cover
२४ भाद्र २०७७, बुधबार
image

काठमाडौं उपत्यकाका २० जना सांसदहरुले निषेधाज्ञा नलम्बाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले निषेधाज्ञालाई निरन्तरता नदिएर मेला, पर्व, चाडपर्वमा मात्र निषेध गरेर अन्य क्षेत्रमा भने निषेधाज्ञा नगर्न सुझाब दिएका हुन् । साथै उनीहरूले उपत्यकाभित्र छिर्ने नाकामा भने कडाइ गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार उनीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर सुझाबपत्र बुझाए थिए । उनीहरुले कोरोना संक्रमणको परीक्षणको स्वाब टेस्टको रिपोर्ट २४ घन्टाभित्रै दिने व्यवस्था मिलाउन पनि सांसदहरूले सुझाब दिएका छन् ।साथै ‘काठमाडौंका ३२ वटै वडास्तरमा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था स्थानीय सरकार मार्फत मिलाउनु पर्ने सुझाव समेत दिएका छन् ।