पाँचथरमा विस्फोटमा परेर दुई बालबालिकाको ज्यान गयो

  Sampatti News 2024

August 30, 2024

फिदिम । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा अज्ञात बस्तु विस्फोटमा परेर घाइते भएका दुई बालबालिकाको ज्यान गएको छ । ज्यान जानेमा एकै घरमा दाजुबहीनी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा दिलिप साँवाका ११ वर्षीय दिप्सन साँवा, दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रिन्साको उपचारका लागि झापा लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दिप्सनको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा गएराती निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्थानीय आईतराज केरुङको घरमा बिहिबार दिउँसो बिस्फोटमा परी चार बालबालिका घाईते भएका थिए । घाईतेमध्ये दिप्सन र प्रिन्साको अवस्था गम्भिर भएपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो ।

बिस्फोटबाट घाईते भएका ज्ञान बहादुर राईका ११ बर्षीय छोरा पवन राईको भने पाँचथर अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था समान्य छ । घटनामा परि सामान्य घाईते भएका दीपक राईका ७ बर्षीय छोरा दिपसन राईको स्थानीय प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् ।

घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक हेमन्त क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति:August 30, 2024