मुकुल ढकालले दिए पुनरावेदन

Nepal Cover
१६ भाद्र २०८१, आईतवार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट आफूलाई हटाउने निर्णय बदरको माग राखेर डा. मुकुल ढकालले पुनरावेदन दिएका छन् ।

आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका छन् । ‘‘पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति २०८१(०३(२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ’, उनको निवेदनमा भनिएको छ ।

महामन्त्रीको हस्ताक्षर बिना सभापतिले मात्र कुनै पनि पदाधिकारी हटाउने निर्णय गर्न नसक्ने पनि दाबी गरेका छन् ।