९० नेपाल प्रहरी र १६ सशस्त्रका प्रहरी अधिकृतको अवकास

  Sampatti News 2024

September 1, 2024

काठमाडौं । ३० वर्षे अवधिनै लागु गर्न अदालतले आदेश दिएपछि नेपाल प्रहरीका ९० र सशस्त्र प्रहरीका १६ जना प्रहरी अधिकृतहरु अनिवार्य अवकासमा गएका छन् ।

तीमध्ये अधिकांश अधिकृत १६ भदौबाट लागू हुने गरी अवकाशमा गएका हुन् ।

प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ । १६ भदौबाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए ।

निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो ।

त्यस्तै, सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन् ।

प्रकाशित मिति:September 1, 2024