त्रिविले ११ आंगिक क्याम्पसमा प्रमुखका लागि आवेदन माग्यो

  Sampatti News 2024

September 2, 2024

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन मागेको छ । रत्नराज्य लक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहाको लागि क्याम्पस प्रमुख माग गरिएको छ।

यस्तै,रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्न चाहेको त्रिविले जनाएको छ।

क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

सात दिन भित्र आवेदन दिसक्नु पर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:September 2, 2024