खालि भयो चार सचिवको पद, को–को हुँदैछन नयाँ सचिबहरु ?

  Sampatti News 2024

September 2, 2024

काठमाडौं । सरकारले मुख्य सचिवमा एक नारायण अर्याललाई नियुक्त गर्यो । लिलादेबी गड्तौला मुख्य सचिवबाट अनिवार्य अवकास लिएकी छिन् । मुख्य सचिवमा सरकारले अर्याललाई नियुक्त गरेपछि दुई जना सचिव तोयनारायण ज्ञवाली ले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका छन् भने दिनेश भट्टराईले पनि दिनुभएको भनेर हाल्ला भएपनि उहाले राजिनामा नदिएको बुझिएको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन् ।

यी चार वटा पद हाल खालि छन् । अब खालि पदमा उपसचिवहरु ऋाउने छन् । हालै मात्र २६ जना उपसचिवहरुले बढुवा हुन आवश्यक पर्ने तालिम समेत लिइसकेका छन् ।

निजामती किताबखानाका अनुसार चालु आर्थिक वर्षमा २ हजार भन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै चालु आर्थिक बर्षमा तीन दर्जन बढी सहसचिवहरु सचिवमा उक्लदैछन् । जसमध्ये २६ जनाले तालिम समेत लिइसकेका छन् ।

सहसचिवबाट सचिवमा उक्लने लाइनमा रहेका कर्मचारीहरु हुन महादेव पन्थ, रघुराम विष्ट, वावुराम अधिकारी, मदन भुजेल, चन्द्रकला पौडेल, शोभाकान्त पौडेल, भुपाल वराल, डण्डुराज घिमिरे, खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्रसाद काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठ, राजेन्द्र प्रसाद पौडेल, इन्दु घिमिरे, कमल प्रसाद भट्टराई, श्रीकृष्ण नेपाल, हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवर, ढुण्डी निरौला, झलकराम अधिकारी, जनकराज जोशी, कालीप्रसाद पराजुली, नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ, चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

केही बरिष्ठ सहसचिवहरु सामान्री प्राबिधिक रुपमा निलम्बनमा परेका छन् । उनीहरुको निलम्बन फुकुवा भए लगत्तै रूद्रसिंह तामाङ, बुद्धिसागर लामिछाने लगायतका सहचिवहरु हाल खालि रहेको पदमा नियुक्त हुने छन् ।

प्रकाशित मिति:September 2, 2024