संघ सरकार मातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप

  Sampatti News 2024

September 2, 2024

काठमाडौं । सरकारले कृषि मन्त्रालयअन्तर्गतका परियोजनाहरु सञ्चालनका लागि संघ सरकारमातहत थप १२९ जना कर्मचारीको दरबन्दी थप गरेको छ ।


भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले चार सहसचिव, ५५ उपसचिव र ७० जना अधिकृतको दरबन्दी थप गरेको हो ।

सरकारले कृषितर्फ संघ सरकार अन्तर्गत ४ जना सहसचिव, ५५ जना उपसचिव र ७० जना अधिकृतको दरबन्दी थपेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संगठन र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय बैठकले गरेको हो ।

मन्त्रालय अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न परियोजना कार्यान्वयन इकाइ मातहत रहन गरी नयाँ दरबन्दी तेरिज स्वीकृत भएको उनले बताए ।

यो निर्णयले सिंहदरबार र काठमाडौंभित्र बस्ने संघीय कर्मचरीको दरबन्दी बढाएको छ ।

प्रकाशित मिति:September 2, 2024