स्वास्थ्य मन्त्रालयको अस्पताहरुलाई निर्देशन – ‘बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्नु’

Nepal Cover
१८ भाद्र २०८१, मंगलवार
image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशनसहितको परिपत्र गरेको छ ।

मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरंग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।