काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले आज पर्न गएको भारतीय समकक्षी नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटरमार्फत् शुभकामना दिएका हुन्।
‘तपाईँको जन्मदिनको शुभ अवसरमा सु–स्वास्थ्य र खुसीको कामना गर्दछु’, प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्नेछौँ।’
भारतीय प्रधानमन्त्री मोदी १७ सेप्टेम्बर सन् १९५० मा गुजरातमा जन्मिएका थिए।
उनको ७० औँ जन्मदिनका अवसरमा गुजरात सरकारले विभिन्न योजनाहरू घोषणा गर्दैछ। भारतीय सञ्चार माध्यमका अनुसार राज्य सरकारले किसानलाई प्रोत्साहनका लागि हरेक महिना सहयोग अनुदान उपलब्ध गराउने तथा खानेपानी आपूर्ति लगायतका योजना गुजुरात सरकारले घोषणा गर्न लागेको हो।
