शिक्षा मन्त्री भट्टराई सिटिइभिटी उपाध्यक्ष छनोट नियमावली मिच्दै

  Sampatti News 2024

October 2, 2024

काठमाडौ । दक्ष जनशक्ति उत्पादन गराउने उद्देश्यले स्थापित सिटिइभिटी जस्तो महत्त्वपूर्ण निकाय यतिबेला उपाध्यक्ष बिहिन अवस्था चल्दै आएको छ। उपाध्यक्ष छनोट प्रक्रियालाई अगाडि बढाउदै राष्ट्रिय योजना आयोग माननीय सदस्य गिता अधिकारीको संयोजकत्वमा तीन जना सम्मीलित छनोट समितिलाई मन्त्रीले प्रभावमा पारी नियमावलीको मर्म र भावना बिपरित कार्यबिधी भित्रको मार्किङ प्रणाली आफू अनुकूलका ब्यक्ति छनोट गर्ने गरि काम अगाडि बढाइएको देखिन्छ ।

प्राप्त जानकारी अनुसार शिक्षा मन्त्री बिद्या भट्टराईले नियमावली बिपरित कार्यबिधी बनाएर सिटिभिइटीमा कमजोर कार्यसम्पादन भएकालाइ भित्र्याउने चलखेलमा लागेको आरोप लाग्न थालेको छ। चलखेल बाट आउन लागेको कार्यबिधिले अनुभव र कार्य क्षमतालाई भरपुर उपेक्षा गरेको देखिन्छ।
मागिएको आबेदनमा १३ जनाले आबेदन दिएका थिए। प्रधानमन्त्री केपि शर्मा ओलि अमेरिका गएको बेला रातारात यो नियमावली बिपरितको कार्यबिधी अगाडि बढाउनु नै ठुलो चलखेल छ सजिलै आकलन गर्न सकिन्छ। यस्तो संबेदनसिल निकायको यो नियुक्ति प्रक्रियामा प्रधानमन्त्री ओलि र सचिवालयले चासो नराख्ने हो भने दक्ष जनशक्ति उत्पादन गराउने यो निकायको अस्तित्व नै समाप्त हुने देखिन्छ । चारैतिर बाट चुनौतीपूर्ण अवस्था झेलिरहेको यो सस्थामा योग्य ब्यक्ति छनोट हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला मन्त्री भट्टराई कस्को इसारामा अगाडि बढिन धेरैले मेसो पाउन सकेका छैनन्। साच्चै योग्य ब्याक्तित्व ल्याउन खोजिएको हो भने यो आबेदन रद्द गरेर नियमावली अनुसारको कार्यबिधी बनाएर छनोट प्रक्रिया अगाडि बढाउनुपर्ने आवाज चर्को रुपमा उठन थालेको छ।
एउटा शिक्षण पेशामा लागेका अनुभवहिन ब्यक्तिलाई उपाध्यक्ष बनाउन एउटा चलखेल समुह जमेर लागेकाले योग्य उमेदवार पाखामा पर्ने हो कि उपाध्यक्ष छनोट प्रक्रियाले आशङ्का बढाएको देखिन्छ । यस्तो चलखेलका विरुद्ध न्याय माग्दै एउटा समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहार्ने तयारीमा रहेको समाचार श्रोत उल्लेख गर्दछ।

प्रकाशित मिति:October 2, 2024