अमेरिकामा दुई सयभन्दा बढीको मृत्यु

  Sampatti News 2024

October 4, 2024

काठमाडौँ ।  अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

। यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको बीबीसीमा जनाइएको छ। अमेरिकी उद्धारकर्मीहरूले आँधीमा घाइतेभएकाहरूको खोजी गरिरहेका छन्।

आँधीको कारण मृत्यु हुने आधाभन्दा बढी नर्थ क्यारोलिनाका रहेका छन्। २००५ मा आएको क्याट्रिना आँधीपछि हेलेन यहाँ आएको सबैभन्दा घातक आँधी साबित भएको छ।क्याट्रिना आँधीले १८ सयभन्दा बढीको मृत्यु भएको थियो।

हेलेन आँधी आएको एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् । करिब ८ लाख घरहरूमा अझै पनि बिजुली नभएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन्। बाइडेनले आँधी प्रभावितहरुलाई सहयोग गर्ने वाचा गरेका छन्।

प्रकाशित मिति:October 4, 2024