बीमा बोर्डले गर्‍यो ९ रणनीतिसहित पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक

  Sampatti News 2024

October 4, 2024

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । बोर्डले ९ वटा रणनीति तय गरेको छ ।

संरचनागत सुदृढीकरण तथा सुशासनलाई बोर्डले पहिलो प्राथमिकतामा राखेको छ। यसैगरी स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण दोस्रो र बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि तेस्रो रणनीतिमा परेका छन् ।

जहाँ पहिलो, बोर्डको संरचनागत सुदृढीकरण तथा सुशासन, दोस्रो, स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण, तेस्रो बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि रहेका छन्। 

साथै स्वास्थ्य बीमा संचालनमा दिगो वित्तीय व्यवस्थापन, सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार, बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण, दाबी व्यवस्थापन प्रणालीको परिमार्जन, अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य  रहेका छन्।

हालसम्म स्वास्थ्य बीमा कार्यक्रम देशका सबै जिल्लाहरुका सबै स्थानीय तहहरुसम्म बिस्तार भएको  बोर्डले जनाएको छ। यस कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा ८१,१४,५९४ जना (२८ प्रतिशत) नागरिक र २५,१४,२२० (३८ प्रतिशत) परिवार आवद्ध भएको बताइएको छ।  कुल बीमित मध्ये ४८ प्रतिशतले स्वास्थ्य बीमामार्फत् स्वास्थ्य सेवा लिएको उल्लेख गरिएको छ। 

आ.व. २०८०/८१ मा कुल बीमित नागरिक मध्ये ६२ प्रतिशतले नवीकरण गरेको पाइन्छ । हाल सरकारी र सामुदायिक गरी कुल ४७७ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको बताइएको छ । 

स्वास्थ्य बीमा बोर्डको पञ्च वर्षीय रणनीतिक मार्गचित्र

प्रकाशित मिति:October 4, 2024