सुनको मूल्य फेरी बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

Nepal Cover
६ मंसिर २०८१, बिहीबार
image

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।