जापान मानव तस्करी प्रकरणमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीमाथि मुद्दा नचल्ने

Nepal Cover
१० मंसिर २०८१, सोमबार
image

विराटनगर, मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाइने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पर्याप्त आधार र प्रमाण नदेखिएको जनाउँदै अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।

उनका अनुसार अन्य आरोपी ११ जनाविरुद्ध भने मुद्दा दर्ता भएको छ ।

जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेज, आफैंले अध्यागमनलाई जानकारी गराएको, विमानस्थलको सिसी टिभी फुटेजमा अन्य आरोपीसँग नदेखिएको, इन्कारी बयान दिएकोलगायतलाई आधार मानेर अधिकारीमाथि मुद्दा नचलाउने निर्णय भएको जनाइएको छ ।