सहकारी ठगीको आरोपमा पक्राउ परेका रविको बयान सकिएन, सोमवार फेरि सरकारी बयान गराएर पोखरा लाने तयारी

Nepal Cover
१६ मंसिर २०८१, आईतवार
image

काठमाण्डू, सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयानलाई सरकारी वकिलले भोलि (सोमबार) पनि निरन्तरता दिने भएको छ ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

आइतबार बयान अन्तिम चरणतिर पुगेपनि नसकीपछि फेरि उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ ।

लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।