दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

Nepal Cover
१६ मंसिर २०८१, आईतवार
image

दैलेख, आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकामा एमाले उम्मेदवार जङ्गबहादुर शाही विजयी भएका छन् ।

कांग्रेसका झलककुमार भण्डारीलाई पराजित गर्दै शाही अध्यक्षमा विजयी भएका हुन्। शाही र भण्डारी बीचको मतान्तर ४५२ रहेको छ।

विजयी शाहीले ३१२७ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २६७५ मत प्राप्त गरे ।

दैलेखकै दुल्लु नगरपालिका वडा नं. १३ को वडाध्यक्ष पदमा पनि एमालेका लालबहादुर शाही विजयी भएका छन् ।

उनले ५७४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाए।