पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

Nepal Cover
१६ मंसिर २०८१, आईतवार
image

रुकुम, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

कांग्रेस–एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा निर्वाचित भएकी हुन्।

नरपुराले ३ हजार ६२७ मत प्राप्त गरिन्। दुई ठूला दलको गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी केशकुमारी तुलाचन १ हजार ४९९ मतान्तरले पछि परिन्।

तुलाचनले २ हजार १२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।