१ हजार रूपैयाँले बढ्यो सुनको भाउ

Nepal Cover
१७ मंसिर २०८१, सोमबार
image

काठमाण्डू, मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ५० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ३० रूपैयाँले बढेर १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।