एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

Nepal Cover
१७ मंसिर २०८१, सोमबार
image

काठमाण्डू, एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शारजहामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान १२३ रनमा अलआउट भएको हो।

नेपाली बलिङसामु निरीह देखिएको अफगानिस्तान ३५.४ ओभरमै अलआउट भयो। अफगानिस्तानका महबुब खान र उजैरुल्लाह नियाजाइ शून्य रनमै आउट हुँदा फैजल शिनोजादाले ५२ रन जोडे।

हम्जा खान ९, बर्कत इब्राहिम्जाइ १२, इजन बाराकजाइ १, नाजिफुल्लाह अमिरी १, नसीर खान १०, एएम गजनफार ११, खातिर स्टानिकजाइ १५ र नटआउट रहेका अब्दुल अजिजले ६ रन बनाए।

नेपालले ६ रन अतिरिक्त दिएको थियो। बलिङतर्फ नेपालका युनिश ठकुरी र सन्तोष यादवले समान ३ विकेट लिँदा हेमन्त धामी र अभिशेख तिवारीको नाममा समान २ विकेट रह्यो। नरेन साउदले भने विकेट लिन सकेनन्।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।