बोपाराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

Nepal Cover
१७ मंसिर २०८१, सोमबार
image

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) मा रवि बोपारको अर्धशतक मद्दतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो ।

३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।

लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।