अबको तयारी मिसन ८४, एक्लै चुनाव लड्ने निर्णय जनताबाट अनुमोदन भएको माओवादी बैठकको निष्कर्ष

Nepal Cover
१९ मंसिर २०८१, बुधबार
image

काठमाण्डू, नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

बैठक उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने निर्णयमा पुगेको छ ।

अध्यक्ष पुस्पकमल दाहाल निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको छ ।

प्रवक्ता अग्नी सापकोटाले कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको बताए ।

उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए ।

उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको समेत बताए । सापकोटाले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए ।

अध्यक्ष दाहाल नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौं । हामी बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।

सापकोटाले अब २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति,पूर्ण समानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नेतर्फ रहने जानकारी दिए ।