अब १८ महिनापछि देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

Nepal Cover
१९ मंसिर २०८१, बुधबार
image

काठमाण्डू, चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अबको १८ महिनापछि प्रधानमन्त्रीको पद शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् ।

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

अब १८ महिनाजति छ क्यारे मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । प्रधानमन्त्री ओलीले भने, चुनावमा सबैले बहुमत ल्याउने कोशिश गरौँला । हाम्रो गठबन्धन चुनावसम्मका लागि हो ।

प्धानमन्त्री ओलीले अनुकूल हेरेर भारत भ्रमणमा जानेसमेत बताएका छन् ।