December 5, 2024
काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले मंसिर २४ गते सोमबार बिहान ९ बजे बैठक बोलाइएको जानकारी दिए।
देउवाको आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन्।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चीनसँग बीआरआईबाट ऋण पनि लिन सक्ने गरी सम्झौता गरेपछि कांग्रेसमा असन्तुष्टि छ।
बैठकमा उक्त विषयमा छलफल पनि हुनेछ। कांग्रेस पहिल्यैदेखि ऋणमा बीआरआईका कार्यक्रम कार्यान्वयन नगर्ने पक्षमा थियो।
प्रकाशित मिति:December 5, 2024
April 18, 2025
April 18, 2025