December 7, 2024
काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद थप भएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले जानकारी दिए।
भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरे पछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।
प्रकाशित मिति:December 7, 2024