नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Nepal Cover
२३ मंसिर २०८१, आईतवार
image

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १२.८४ अंक घटेर २६७६.१५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो ।

९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर रह्यो । सेक्टरअनुसार उत्पादन १.०६, लगानी ०.७६, तथा फाइनान्स ०.१५ प्रतिशत बढे । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटल तथा पर्यटन ०.८३, हाइड्रोपावर ०.५४, जीवन बीमा १.६७, माइक्रोफाइनान्स ०.६१, निर्जीवन बीमा १.१६ तथा व्यापार समूह १.३० प्रतिशत घटे ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । महिला लघुवित्तको ७.१, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३, हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।
खानीखोला हाइड्रोपावरको ८.२, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२, सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड २७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब २८ करोडको शेयर किनबेच भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। यस दिन जोशी हाइड्रोपावरको करिब साढे १२ करोडको शेयर खरिदबिक्री भएको छ।