काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको सुन र चाँदी दुबैको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज ६० रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।