प्रेस युनियनको सल्लाहकारबाट धमेन्द्र झाको राजीनामा

Nepal Cover
२५ मंसिर २०८१, मंगलवार
image

काठमाण्डू, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार धमेन्द्र झाले नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनले गरेको निर्णय प्रति असन्तुष्टि पोखेका छन् ।

झाले सामाजिक सञ्जालमा लेख्दै आफूसंग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको बताए ।

युनियनका सल्लाकारसमेत रहेका झाले सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाकार भन्दै बसिरहेनुको तुक नभएको बताए ।

उनले सल्लाकार पद त्यागेको घोषणापनि गरेका छन् । पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले अध्यक्षसहितको महत्वपूर्ण पदहरु एमाले निकट प्रेस चौतारीलाई बुझाएको छ ।

आफुले पाएको पदहरुमा समेत ब्यापक असन्तुष्टि दखिएको छ । झाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् – “मेरा आत्मीयजनलाइ जानकारी– सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र रु छोडियो ।

साथीहरूसँग रहिरहन त पदै किन चाहियो रु म सधै मेरा साथीहरूसङ्गै छु र रहिरहनेछु । मेरो कसैप्रति कुनै गुनासो छैन । जे छ, आफैसङ्ग छ ।”