December 16, 2024
काठमाण्डू, नेपाल सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सोही क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रूपमा रहेको बताएका छन् ।
नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई राँगा भैसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा रागाँभैसी पालन समाजको अभिन्न अङ्गको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए ।
यस्तै, उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्त्वपूर्ण क्षेत्रको रूपमा अगाडि आएको पनि बताए ।
यसको साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरूमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको बताए ।
उनले भने, ‘लामो समयदेखि चीन र नेपालबीच राम्रो सम्बन्ध रहेको छ । आवश्यक परेको बेला एक अर्कालाई सहयोग गर्ने हाम्रो ऐतिहासिक परम्परा हो ।
आज जुन सम्झौता भयो, यसले हामीलाई धेरै कुराहरूमा सहयोग पुर्याउँछ । एउटा विषयले धेरै कुरालाई छुने गर्छ त्यसैले यो सम्झौताले दुई देशबीच अझ राम्रो सम्बन्ध जोड्ने काम गर्छ ।’
प्रकाशित मिति:December 16, 2024
December 17, 2024