December 16, 2024
काठमाण्डू, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको ११ओैं महासम्मेलन एवम् महासभा बैठकले अध्यक्षमा अस्मिता भण्डारीलाई सर्वसम्मतरुपमा चयन गरेको छ ।
यसअघि कार्यवाहक अध्यक्षका रुपमा कार्यरत भण्डारीलाई महासम्मेलनले अध्यक्ष निर्वाचित गरेको हो।
अध्यक्ष पदमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। त्यसपछि निर्वाचन समितिले सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेको थियो ।
सम्मेलनमा विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेशलगायतका प्रतिनिधि सहभागी थिए।
महासंघ अन्तर्राष्ट्रियको विधानअनुसार अन्तर्राष्ट्रिय अध्यक्षको निर्वाचनका लागि उच्च अदालत पाटनका पूर्वमुख्य न्यायाधीश शम्भुबहादुर खड्काको संयाजकत्वमा अधिवक्ता सुशीला ढकाल र भारतबाट अधिवक्ता रामनारायण चौधरीको निर्वाचन समिति गठन भएको थियो।
विगतमा पत्रकारिता गरेकी भण्डारी साहित्यकारसमेत हुन्। उनी महासंघमा लामो समयदेखि कार्यरत छिन्।
तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख संरक्षक जानकी मन्दिर जनकपुरधामका महन्त रामतपेश्वर दास बैष्णव थिए।
सम्मेलनलाई सहयोग पु¥याएकोमा महासंघले जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल–भारतका सम्पूर्ण सन्तगण, निवर्तमान कार्यकारिणी समिति तथा सबै शुभेच्छुकलाई धन्यवाद दिएको छ।
विश्व हिन्दू महासंघको इतिहासमा महिलाले नेतृत्व गरेको यो पहिलो हो । महासम्मेलन २७–२९ मंसिरमा जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भएको थियो।
यस्तो छ भण्डारीको महासंघसम्मको यात्रा
पुर्ख्यौली घर तेह्रथुम आठराई , मोफसलबाट पत्रकारीताको शुरुआत गरेको ,२०५१ सालबाट (झापा, दमकबाट) उनले आफ्नो क्यारियर बनाउने दौरानमा
महिला गीतकार संघको बर्तमान अध्यक्ष समेतको जिम्मेवारी उहाँ सँग छ।
विश्व हिन्दु महसंघको २०६४ सालमा काठमाडौं जिल्ला सभापति , त्यस पश्चात् क्रमशः नेपाल च्याप्टरको केन्द्रीय सदस्य , सचिव , अन्तर्राष्ट्रिय समितिको केन्द्रीय सदस्य , सचिव , अन्तर्राष्ट्रियको महासचिव यस अघि कार्यवाहक अध्यक्ष भइ हाल मंसिर २७-२९ सम्म जनकपुरधाममा आयोजित बिश्व हिन्दु महासंघको ११ओैं महासम्मेलन एवम् महासभाबाट अन्तर्राष्ट्रियको अध्यक्षमा सर्वसम्मतिले अध्यक्ष निर्वाचित हुनुभएको हो।
यो बीचमा उहाँ आबद्ध संघ संस्थाहरु – महिला गीतकार संघ नेपाल , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , विश्व नेपाली प्रज्ञा प्रतिष्ठान , संचारिका समूह, लगायतका संघसंस्थाहरु छ्न् भने विश्व हिन्दु महासंघ स्थापना २०३७ सालमा पिपरामठ बिरगंजमा भएको हो । राष्ट्र गुरु योगी नरहरीनाथ र तत्कालीन राजा बिरेन्द्रको परिकल्पना बाट संसारभरीका ॐकार परिवार (हिन्दु ,बौद्ध,सिख , जैन ,नागा, किराँत, प्रकृतिपूजक आदि ) लाई एक सूत्रमा बाँदी संगठीत तुल्याउने उद्देश्यले महासंघको जन्म भएको हो । नेपालमा केन्द्रीय कार्यालय रही बिश्वका हिन्दु ॐकार परिवारको छाता संस्थाको रुपमा महासंघले नेपाल , भारत , बंगलादेश , पाकिस्तान ,थाईल्याण्ड, अमेरिका , बेलायत , अष्ट्रेलिया लगायतका मुलुकहरुमा शाखा कार्यालय बिस्तार गरि कार्य गर्दै आएको छ।
महासंघको यो लामो इतिहासमा पहिलो पटक महिला अध्यक्ष भण्डारी हुनुभएको हो । पूर्व प्रधानमन्त्री नरेन्द्र प्रसाद रिजाल संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तत् पश्चात् कर्णेल हेम बहादुर कार्की , जर्नेल भरत केशर सिंह , दुई कार्यकाल अध्यक्ष रहनुभयो ।त्यस गौरवपुर्ण इतिहास बोकेको सस्थामा भण्डारी अध्यक्ष बन्नुभएसगै धेरैले खुसी व्यक्त गरेका छ्न्।
प्रकाशित मिति:December 16, 2024
December 18, 2024
December 17, 2024