भारतको मुम्बई तटमा डुङ्गा दुर्घटना, तीन नौसैनिकसहित १३ जनाको मृत्यु

Nepal Cover
३ पुष २०८१, बुधबार
image

एजेन्सी, मुम्बईस्थित गेटवे अफ इन्डिया क्षेत्रबाट गइरहेको यात्रुबाहक डुङ्गा एलिफेन्टा टापुमा पल्टिँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

ज्यान गुमाउने तीनजना भारतीय नौसैनिक पनि रहेका छन् ।

यस दुर्घटनामा १३ जनाको मृत्यु भएको मुख्यमन्त्री देवेन्द्र फडणवीसले मिडियालाई जानकारी दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

‘नीलकमल नामको यात्रुवाहक डुङ्गा दिउँसो ३ः५५ बजे ठोक्किएर दुर्घटना भएको हो । १०१ जनाको उद्धार गरिएको छ ।

१३ जनाको मृत्यु भएको छ । यसमा तीनजना नौसैनिकको पनि मृत्यु भएको छ,’ उनले ‘जसको नौसेना अस्पतालमा उपचार भइरहेको छ ।’

गृहमन्त्री फडणवीसले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मुख्यमन्त्री राहत कोषबाट पाँचरपाँच लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

स्पीडबोटसँग फेरी ठक्कर खाँदा यो दुर्घटना भएको हो । डुङ्गामा ८० भन्दा बढी यात्रु सवार थिए ।

दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेको छ । भारतीय नौसेना, कोस्ट गार्ड, प्रहरी र स्थानीय माझीहरू उद्धार कार्यमा जुटेका छन् ।