जर्मनीबाट सिधै नयाँ दिल्ली गइन् परराष्ट्रमन्त्री डा.राणा, प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने

  Sampatti News

December 18, 2024

काठमाण्डू, परराष्ट्रमन्त्री डा.आरजु राणा (देउवा) जर्मनीको राजधानी बर्लिनबाट सिधै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी छिन् ।

दिल्लीमा रहँदा उनले भारतीय विदेशमन्त्री एस जयशंकरलगायत उच्च स्तरीय नेताहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको कोसिश गर्ने बताइएको छ ।

परराष्ट्रमन्त्री राणाले बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् ।

जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।

परराष्ट्रमन्त्री डा. राणाले लैङ्गिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेको हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरेकी थिइन् ।

साथै, उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरिन् ।

प्रकाशित मिति:December 18, 2024