काठमाण्डू, बिहीबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो ।
योसँगै आज नेप्से २६३० अंकमा पुगेको छ । आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो ।
अधिकांश कम्पनी १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रह्यो । मुख्यतः यस आज बैंकिङ बढ्दा समग्र बजार बढेको छ । सो समूह १.८१ प्रतिशत बढ्यो ।
बैंकिङबाहेक व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढे ।
विकास बैंक २.४८, फाइनान्स २.७०, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०.३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटेका छन् ।