भाटभटेनीसहित ३ रेमिट्यान्स कम्पनीको इजाजत खारेज

Nepal Cover
११ पुष २०८१, बिहीबार
image

काठमाण्डू, नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो।

राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेसनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ।

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लेनदेन भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ।