पशुपति विकास कोषका सदस्य सचिव थापा र कार्यकारी प्रमुख जोशीले टेर्दैनन अदालतको आदेश पनि

  Sampatti News Online

December 26, 2024

काठमाण्डू, पशुपति विकास कोषका सदस्य सचिव मिलन थापा र कार्यकारी प्रमुख सुवासचन्द्र जोशीले टेर्दैनन अदालतको आदेश पनि अटेर गर्दै आएका छन् ।

कोषका ३७ जना श्रमिकहरूको पक्षमा श्रम अदालत भक्तपुरले दोस्रो पटक स्टे अडर जारी गर्दा समेत कर्मचारीहरूको काम पुनर्वाहली गर्न कोषका सदस्य सचिब र कार्यकारी प्रमुख जोशीले अटेर गर्दै आएका हुन् ।

कोषका सदस्य सचिव थापा र कार्यकारी प्रमुख जोशीले श्रम अदालतको आदेशको अवज्ञा गर्दै उनीहरूलाई काममा नफर्काएपछि १२ दिन देखि ३७ जना श्रमिकहरू नियमित धर्नामा बसेका छन् ।

कोषले गैरकानूनी ढंगबाट सरसफाइमा कार्यरत श्रमिकलाई काममा रोक लगाएको विषयमा श्रम अदालत भक्तपुरले काममा लगाउन दिएको आदेश समेतलाई बेवास्ता गरि श्रमिकलाई हाजिर गर्न रोक लगाएपछि उनीहरु धर्नामा बसेका हुन् ।

उनीहरु कोषमा काम गर्न नदिएकाले कोषमा अदालतको आदेश कार्यान्वयन गरि हाजिर लगाई काममा लगाउन भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

श्रमिकको आन्दोलनलाई ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य डाक्टर विजय पौडेल धर्ना स्थलमा पुगी श्रमिकहरूका समस्याहरूको सुनुवाइ गरेका थिए ।

अदालतले दोस्रो पटक जारी गरेको अन्तरिम आदेश समेत नमान्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी प्रमुख र सदस्य सचिव को हुन् भन्दै श्रमिक क्षेत्रका सरोकारवालाहरूले प्रश्न उठाउन थालेका छन् ।

यस विषयमा बुझ्न कोषका कार्यकारी प्रमुख जोशीलाई ९८५११९९३०४ मा पटक/पटक सम्पर्क गर्दा समेत फोन उठेन भने सदस्य सचिव थापाको ९८५१२४२८०८ स्विच अफ रहेको थियो ।

प्रकाशित मिति:December 26, 2024