अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

  Sampatti News Online

December 30, 2024

एजेन्सी, अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। एक सय वर्षको उमेरमा उनको निधन भएको हो ।

कार्टरको जर्जियास्थित आफ्नै घरमा २९ डिसेम्बरमा निधन भएको बीबीसीले जनाएको छ।

जिमी कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति हुन्।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।

उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘आज अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ।’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति:December 30, 2024