कलकत्तामा अलपत्र परेका नेपाली महाबाणिज्यदूत आचार्यको पहलमा स्वदेश फिर्ता

Nepal Cover
१६ पुष २०८१, मंगलवार
image

झापा, कलकत्ताका अलपत्र परेका तीन जना नेपाली महाबाणिज्यदूत झक्क आचार्यको पहलमा स्वदेश फिर्ता भएका छन् ।

कोलकातास्थित नेपाली महाबाणिज्यदूतावास, पश्चिम बंगाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहकार्य र समन्वयमा नेपालका विभिन्न क्षेत्रबाट भारतीय भूमिमा आई अलपत्र बनेका बालबालिकाको उद्धार नेपाल पठाएको हो ।

यसरी नेपाल पठाइएका बालबालिकामा कपिलबस्तु जिल्ला, बाण गंगा नगरपालिका वडा नं. ५ लक्ष्मणघाट बस्ने बुन्सि थारुको छोरा बर्ष १४ को सुरन्दर थारु, सर्लाही जिल्लाको लालबन्दी ज्ञान बहादुर तामाङ्‍को छोरा बर्ष १६ को अजित तामाङ र झापा जिल्ला, अर्जुनधारा नगरपालिका वडा नं. ६ बस्ने खगेन्द्र प्रसाईको छोरी अन्दाजी बर्ष १५ को पार्वती प्रसाईलाई नेपाल पठाइएको महावाण्ज्यिदूतावासले जनाएको छ ।

थारुलाई पश्चिम बंगाल राज्यको पुरुलियाबाट, तामाङलाई सिलगुडी र प्रसाईलाई जलपाईगुडीबाट भारतीय प्रहरीको सहयोगमा उद्धार गरि नेपाल पठाइएको थियो ।

तीनै जना बालवालिकालाई कसैले फकाइ फुलाई गरी वेवारिसे बनाएको सूचनाको आधारमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।

तीनै जनालाई सम्बन्धित परिवारलाई जिम्मा लगाउने गरी सीमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री मुनबहादुर लामालाई दूतावासका कर्मचारी श्री सतिस थापाले बुझाएको जनाएको छ ।

महाबाज्यदूत आचार्यको बिशेष पहलमा यो काम भएको हो। महाबाणिज्यदूत आचार्य जहाँ जहाँ रहेपनि नागरिकको हकमा निकै महत्त्वपूर्ण काम गर्दै आएका छन् ।