कटहरिया नपामा तालाबन्दी मेयर र प्रशासकीय अधिकृतले चन्द्रनिगाहपुरको एक कोठाबाटै कार्यालय चलाए

महालेखाका अडिटरलाइ मदिराले गलाए

  Sampatti News 2024

December 31, 2024

रौतहट । कटहरिया नगरपालिकामा तालाबन्दी छ। कार्यलय खुलाउनका निम्ति कुटनैतिक ढङ्गले लाग्नुपर्नेमा त्यसो नगरी मेयर जयप्रकाश जैसवाल र प्रशासकीय अधिकृत रामजी जोशीले चन्द्रनिगाहपुरको एक कोठाबाट नै कार्यालय संचालन गरेको खबर छ। कटहरियाका जनताले ठुलो भरोसा राखेर जिताएका मेयर यो बीचमा भ्रष्टाचारको मुद्दामा परेपछि पनि रकम कै बलमा उन्मुक्ति पाएका थिए। पुस ९ गतेदेखि उपमेयरको नेतृत्वमा नगरपालिकामा तालाबन्दी गराइएको छ। नगरपालिकामा तालाबन्दी भएपछि मेयर जसैवालले महालेखा बाट बेरुजु हेर्न आएका लेखापरीक्षण अधिकृतलाई बाराको इच्छा होटलमा लगेर मदिराले गलाएको खबरले रौतहट वासी चकित परेका छ्न्। महालेखालाई प्रभाबमा पारेका मेयरले यो बीचमा करोडौं अनियमितता गर्ने योजना अनुसार निर्णय पुस्तिका दुरुपयोग गरिएको पुष्टि भएसंगै जनप्रतिनिधिहरुले मेयर र प्रमुख प्रशासकीय अधिकृत माथी थप कार्वाहीको माग अघि सार्दै आन्दोलित भएका हुन्।
उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले निर्णय पुस्तिका दुरुपयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत रामजी जोशि माथी समेत कडाइका साथ कार्वाही होस भन्दै माग गरेका हुन्।
जनप्रतिनिधिहरुले अधिकृत जोशी र मेयर जयप्रकाश जैसवाल विरुद्द आईतवार जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार लिखीत उजुरी दर्ता गरि सकेका छ्न्।
करोडौ अनियमितता गर्ने योजनामा पुरानो वैठकको निर्णय पुस्तिकामा पुरानै मितिमा अबैध रुपमा दर्जनौ निर्णय लेखेका अधिकृत जोशी र योजनाकार मेयर जैसवाल माथी कानुनी कारवाही गर्न लिखित उजुरी मार्फत माग गरिएको बताइएको छ।
मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते बसेको नगर कार्यपालिका बोर्डको बैठकमा करारको कर्मचारी भर्ना र ईलाका प्रहरी कार्यालय कटहरियाको लागि जग्गा खरिदको लागि आएको प्रस्तावमा सहमती हुन सकेको थिएन।
मेयर जैसवालको ईशारामा सोही बैठकको निर्णय पुस्तिका र सोही मितिमा प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यहरु संग घर घरमा घुमाएर हस्ताक्षर गराएको पुष्टि भएको उपमेयर यादवले बताएकी छिन्।
मेयर जैसवालले केही कार्यपालिका सदस्यहरुलाई बिभिन्न प्रलोभन देखाई पुरानै मितिमा हस्ताक्षर गराएर पटक पटक बहुमतको दावी गर्दै आएको उपमेयर यादवले जानकारी दिएकी छिन्।


प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले अबैध रुपमा लेखेको निर्णय पुस्तिकाको कैयौं स्थानमा खाली ठाउँ राखेर हस्ताक्षर गराईरहेको कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले सम्पत्ति न्युजलाई बताएका छन्। निर्णय पुस्तिकामा खाली छुटेको स्थानमा मेयर जैसवालको ईशारामा मनपरी लेख्ने उनीहरूको योजना रहेको वडा अध्यक्ष गुप्ताले स्पष्ट पारेका छन्। मेयर जैसवाल अधिकृत जोशी संग घरमै बसेर करार कर्मचारीको तलब, ईन्धन खर्च, डिपिआर, आर्थिक सहयोग, औषधी खरिद, लगायत निर्णय लेखाएर उक्त निर्णय घर घर घुमाई हस्ताक्षर गराएर बहुमत देखाई करोडौँ कुम्ल्याउने दाउमा रहेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्। कटहरियामा मेयर अजय प्रकाश निर्वाचित भए देखिनै यसैगरी अबैध निर्णय देखाएर करोडौं रुपैयाँ अनियमितता गर्दै पल्किएको वडा अध्यक्ष कुशवाहाको दाबी रहेको छ।
पछिल्लो पटक गरिएको निर्णय बारे उपमेयर रिता देवी यादव सहितका जनप्रतिनिधिले चाल पाए पछि उक्त निर्णय बदर हुनुपर्ने माग सहीत आन्दोलित भएका छन्।
उपमेयर रिता देवी यादवको नेतृत्वमा कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो,२ का वडा अध्यक्ष हरेन्द्र साह,४ का वडा अध्यक्ष चन्दन कुशवाहा,५ का सर्फलाल गुप्ता,६ का जयराम चौधरी,७ का महमद सहिद वडा सदस्य रामेश्वर यादव लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले जनप्रतिनिधिले फेला पारेको निर्णय पुस्तिका खेसरा मात्र रहेको भन्दै आरोपको खण्डन गरेका छन्।
तर जनप्रतिनिधिले फेला पारेको गत मंसिर २० गतेको निर्णय पुस्तिकाको बन्दीमा मेयर जैसवाल संगै कैयौं कार्यपालिका सदस्यको प्रस्ट हस्ताक्षर देखिएकाले अधिकृत जोशीको नियत बुझ्न सकिन्छ।
कटहरियाको ९ वटै वडामा खटिरहेका झण्डै ५० जना करारका कर्मचारीहरुको बक्यौता २० महिनासम्मको तलब भुक्तानी पछी मात्र अर्को भर्ना खुलाउनु पर्ने, गत मंसिर २० गतेको बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर गरिनुपर्ने माग गर्दै एकसाता अघि नगरपालिकामा तालाबन्दी गरेका थिए। तालाबन्दी हालसम्म यथावत रहेको छ।महालेखा अडिट गर्न पुगेको कार्यालय बन्द भएपनि महालेखाका कर्मचारीले होटलमा लेखापरीक्षण गरेको समाचार श्रोतले सम्पत्ति न्यूजलाई बताएको छ।

प्रकाशित मिति:December 31, 2024