January 1, 2025
काठमाण्डू, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट भाउ बढाएर पठाएसँगै नेपालमा भाउ बढेको निगमले जनाएको छ ।
जसअनुसार पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।
एलपी ग्यासको भाउ भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
विज्ञप्तिमा मट्टितेलबारे उल्लेख नभए पनि डिजेलको जत्ति नै भाउ बढाइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् ।
प्रकाशित मिति:January 1, 2025