January 2, 2025
काठमाण्डू, बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनका उपचारका क्रममा निधन भएको हो।
पुस ६ गते उनी अस्पताल भर्ना भएका थिए। बिहीबार बिहान १० बजे परियारको निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले दिएका छन्।
सचिनलाई उपचारमा सघाइरहेको इसा फाउन्डेसनका सचिव कमल सरगमले गराएका छन्।
सचिनको उपचारमा आर्थिक समस्या परेपछि रकम संकलन गरेर उपचार थालिएको थियो।
फाउन्डेसनका सचिव कमल सरगमले उपचार खर्च जुटाउने अभियान चलाएका थिए।
परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन्।
उनी लाइभ लोकदोहोरी गाएरसमेत चर्चामा आएका थिए। राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका परियार केही समय हास्य टेलिशृंखला ‘मेरी बास्सै’ पनि देखिएका थिए।
गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो।
पहिलो पटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो।
प्रकाशित मिति:January 2, 2025
April 16, 2025
April 16, 2025