काठमाडौँको पिंगलास्थानस्थित बागमती होटेलमा मृतक सुस्मिता खड्कालाई ढोका थुनेर फरार भएका देवबहादुर थापा ओखलढुंगामा मृत फेला

Nepal Cover
२० पुष २०८१, शनिबार
image

काठमाण्डू, काठमाडौँको पिंगलास्थानस्थित बागमति होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका छन्।

काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्।

उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा फरार थिए। प्रहरीले घटना लगतै उनको खोजि गरिरहेको थियो।

उनलाई शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो। वाग्मती होटेलको ३०८ नम्बर कोठामा उनीहरु नयाँ वर्षको अघिल्लो बेलुकी बस्न गएका थिए।

तर, बाहिरबाट ढोका लगाएको देखेपछि चाबि फोेडेर हेर्दा युवती मृत फेला परेकी थिइन्। सँगै बसेका देवबहादुर भने फरार थिए।