सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

  Sampatti News

January 7, 2025

काठमाण्डू, सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुनेगरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ३ प्रतिशतसम्मले बढाएको हो ।

जसअनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति:January 7, 2025