January 7, 2025
एजेन्सी, चीनको तिब्बत केन्द्रविन्दू भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
तिब्बतको डिङ्गयी आसपास केन्द्रविन्दू भएर गएको भूकम्पबाट हालसम्म ५३ जनाले ज्यान गुमाएका चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दुको ५ किलोमिटर आसपासमा सातवटा गाउँ रहेका छन् । त्यस्तै, केन्द्रविन्दुको २० किलोमिटर आसपासमा दुईवटा शहर रहेका छन् ।
यूएस जियोलोजिकल सर्भेले भूकम्पको मापन ७।१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७।० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको छ ।
प्रकाशित मिति:January 7, 2025