सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो १६ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण

Nepal Cover
२३ पुष २०८१, मंगलवार
image

काठमाण्डू, सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १६ निर्माण व्यवसायीरआपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न सूचना जारी गरिएको हो ।