January 7, 2025
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताएका छन् ।
मङ्गलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाइ दिदैं प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताए ।
प्रधानमन्त्री ओलीले केही समय पहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले पनि त्यत्तिकै माहोल बनाइरहेको उल्लेख गरे ।
उनले नेपालले आगामी दिनमा ठूला सफलताहरु प्राप्त गर्दै जानुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘‘महिला फुटबल नेपालमा धेरै पुरानो खेल होइन् । मान्छेले सबैभन्दा धेरै मन पराउने खेल फुटबल थियो ।
अब विस्तारै क्रिकेट र फुटबलको एक खालको कम्पिटिशन नै छ । फुटबल पनि मानिसहरुले औधि मन पराउने र खेल्ने गर्दछन् ।
क्रिकेट पनि अत्यन्त मन पराइरहेका छन्, नयाँ पिढीले । यसमा तपाईंहको उन्नति प्रगति हुँदै जाओस् । आगामी दिनमा ठुला ठुला सफलताहरु प्राप्त हुँदै जाउन् ।’’
प्रधानमन्त्री ओलीले खेलमा प्रशिक्षकहरुको प्रशिक्षणको महत्त्व धेरै हुने बताए । कमजोरी पत्ता लगाएर सच्याउँदै अघि बढ्नुपर्ने जानकारी दिए ।
आफ्ना खेलाडीहरुको खेलको उत्कृष्टता र कमजोरीको पहिचान गरी सुधार गर्दै जानुपर्ने बताए ।
प्रकाशित मिति:January 7, 2025