तिब्बतमा भूकम्पमा मृतकको संख्या १२६ पुग्यो, १८८ जना घाइते

  Sampatti News Online

January 8, 2025

एजेन्सी, चीनको तिब्बतमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । यस्तै, १८८ जना घाइते भएका चिनियाँ सञ्चारमाध्यम सिजिटिएनले जनाएको छ ।

भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा १ हजारभन्दा बढी भवन भत्किएका छन् । यस्तै, उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ ।

चिनियाँ निकायहरूका अनुसार नेपाल(चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रविन्दू बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्प मापन गरिएको छ ।

उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ ।

नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड मापन गरिएको थियो भने नेपालबाट भूकम्पको केन्द्रविन्दू औसत दूरी ९० किलोमिटर छ ।

प्रकाशित मिति:January 8, 2025