२१ शाखा अधिकृतको सरुवा, ४ जनालाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

  Sampatti News

January 8, 2025

काठमाण्डू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतको सरुवा गरेको छ । मंगलबार मन्त्रालयले अतिरिक्तमा रहेकासहित मन्त्रालय मातहत कार्यरत २१ शाखा अधिकृतको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार ४ जना शाखा अधिकृतलाई विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

जसमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका गणेश वास्ताकोटीलाई ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने मन्त्रालयकै अतिरिक्त समूहमा रहेकी शिरिष उपाध्यायलाई रामेछापको खाँडादेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै मन्त्रालयको अतिरिक्त समूहमा रहेका सावनकुमार चौधरीको कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने गृह मन्त्रालय अन्तरगत कार्यरत ताप्लेजुंगको फुंगलिंग नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति:January 8, 2025