काठमाण्डूको प्रजिअ रहेका तिवारी गृह मन्त्रालयको प्रवक्ता

Nepal Cover
२५ पुष २०८१, बिहीबार
image

काठमाण्डू, गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी रामचन्द्र तिवारी पाएका छन्।

यसअघिका प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख जिल्ला अधिकारी सीडीओ बनेपछि उक्त ठाउँमा रामचन्द्र आएका हुन्।

२०८१ जेठ २३ गते सुनसरीको सीडीओ बनेका उनी ७ महिनापछि गृहमा आएका हुन्।

गृहको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख समेत हेर्ने गरी रामचन्द्रलाई गृहको प्रवक्ता तोकिएको हो।