January 9, 2025
एजेन्सी, अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रमा आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ।
मंगलबार तीव्र हावाका कारण फैलिएको अनियन्त्रित आगलागी निभाउने यहाँको सरकारले प्रयास गरिरहेको जनाएको छ।
कतिपय स्थानमा हावाको गति ९७ किलोमिटर प्रतिघण्टा पुगेको हुँदा आगो तीव्र गतिमा फैलिएको छ।
आगलागीमा परेर कैयौँ घाइते भएका समाचारहरू बाहिरिएका छन्। आगलागीबाट एक हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।
हलिउड कलाकारहरूका घरहरू जलेर खरानी भएका छन्। हजारौं मानिस सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन्।
आगलागीका कारण मानिसहरू हतारमा सवारीसाधन छाडेर हिँड्दा सडक पनि जाम भएका छन्।
लस एन्जलस काउन्टीमा बुधबार लगभग १ लाख ८८ हजार घरहरू बिजुलीविहीन भएका छन्। हावाको गति पनि बढेर १२९ किलोमिटर प्रतिघण्टा पुगेको छ।
लस एन्जलस फायर चिफ क्रिस्टन क्राउलीले भने, ‘हामी अझै खतराबाट मुक्त छैनौं। हजारौं दमकल आगो नियन्त्रणमा जुटेका छन्।’
लस एन्जलसको उत्तरपूर्वी प्रकृति संरक्षण क्षेत्र नजिक मंगलबार साँझ लागेको आगो द्रुत रूपमा २ हजार एकडभन्दा बढीमा फैलिएको छ।
प्रकाशित मिति:January 9, 2025
April 16, 2025
April 16, 2025